सामान्य जानकारी

प्रा.डा. सुदिप आचार्य

निर्देशक

dir.std@mec.gov.np

Monitoring and evaluation is an integral part of providing quality health education. If we strengthen the system of continuous scientific monitoring and evaluation, it will increase the quality of any academic programs. The Directorate of standards and accreditation is determined towards assuring quality and uniformity in medical education throughout the country by implementing worldwide accepted accreditation standards. Including the role responsibility and authority stipulated in the National Medical Education Act 2075 the role, responsibility and authority of the Directorate of standards and Accreditation are as follows:

  1. Set basic criteria for the necessary infrastructure in order to establish medical institutions and conduct educational program.
  2. Set basic criteria for the teachers’ eligibility.
  3. Work regarding teaching pedagogy and technology.
  4. Set accreditation standards for quality evaluation of medical education
  5. Work regarding the accreditation of universities and academias conducting medical education programs.
  6. Set standards of Medical Education sector’s curriculum, including quality and standard.
  7. Issue eligibility letter to those willing to go on abroad studies and fellowships including high level training on medical education.

समाचार र सूचना

२९ जेष्ठ २०८१, मंगलबार सूचना कागजात

विषय विज्ञको नामावली पठाइदिने सम्बन्धी सूचना

२९ जेष्ठ २०८१, मंगलबार समाचार कागजात

विषय विज्ञको नामावली पठाइदिने सम्बन्धी सूचना

१७ जेष्ठ २०८१, बिहिबार सूचना कागजात

सेल्फ अप्राइजल सफ्टवेयर संचालनको अनलाइन अभिमुखिकरण सम्वन्धमा

१७ जेष्ठ २०८१, बिहिबार समाचार कागजात

सेल्फ अप्राइजल सफ्टवेयर संचालनको अनलाइन अभिमुखिकरण सम्वन्धमा

१३ जेष्ठ २०८१, आइतबार सूचना कागजात

स्नात्तक तहको सेल्फ अप्राइजल फारम भर्ने सम्बन्धमा ।

१३ जेष्ठ २०८१, आइतबार समाचार कागजात

स्नात्तक तहको सेल्फ अप्राइजल फारम भर्ने सम्बन्धमा ।

७ जेष्ठ २०८१, सोमबार सूचना कागजात

निर्वाह खर्च सुनिश्चितता सम्बन्धमा

७ जेष्ठ २०८१, सोमबार समाचार कागजात

निर्वाह खर्च सुनिश्चितता सम्बन्धमा

२७ चैत्र २०८०, मंगलबार सूचना कागजात

DM/Mch तहको सेल्फ अप्राइजल फाराम भर्ने सम्वन्धी सूचना

२७ चैत्र २०८०, मंगलबार समाचार कागजात

DM/Mch तहको सेल्फ अप्राइजल फाराम भर्ने सम्वन्धी सूचना

कर्मचारी

क्र.न. पुरा नाम पद फोन न. इमेल कार्य
प्रा.डा. सुदिप आचार्य निर्देशक dir.std@mec.gov.np सबै हेर्नुहोस्
प्रा.डा. सुदिप आचार्य कार्यकारी समिति dir.std@mec.gov.np सबै हेर्नुहोस्

बारम्बार सोधिने प्रश्नहरू

विदेशी शिक्षण संस्थामा चिकित्सा शिक्षा तर्फ स्नातक तह/ स्नातकोत्तर तह (MD/MS/MDS) / DM , MCH   एकेडेमिक फेलोशिप कोर्स अध्ययन गर्न जान अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) लिनु पर्छ । चिकित्सा शिक्षा सम्बद्द परिषद (काउन्सिल) हरुमा दर्ता हुने  एकेडेमिक विषयहरुमा वैदेशिक अध्ययन अनुमतिपत्र लिनु पर्दछ।  तर नन एकेडेमिक र सिप हस्तान्तरण हेतु गरिने प्रोफेसनल कोर्स  जुन सम्बन्धित काउन्सिल परिषदमा दर्ता नहुने भएकोले यी विषयमा आयोगले अध्ययन अनुमति पत्र दिदैन ।

विदेशी विश्वविद्यालय वा शिक्षण संस्थामा चिकित्सा शिक्षा तर्फ उच्च शिक्षा अध्ययन गर्न जानु भन्दा अगाडि आयोगबाट अध्ययन अनुमतिपत्र (Eligibility Letter) लिनु पर्दछ । अनुमतिपत्र (Eligibility Letter)  सहितको निवेदन पेस गरेपछि मात्र अध्ययन गरेको विषयसँग सम्बन्धित व्यावसायिक परिषदमा दर्ता हुने भएकोले अध्ययन गर्न जानु पहिले नै अनिवार्य रूपमा अनुमतिपत्र लिनु पर्छ । तर यदि कसैले सो अनुमतिपत्र नलिइ २०७७ असौज १५ (इ. स. २०२० अक्टोवर १) अगावै  वैदेशिक अध्ययनमा गएको र सो वर्षमा अध्ययन अनुमति पत्र पाउन योग्य भएको भए त्यस प्रकारका विद्यार्थीले सम्बन्धित व्यवसायिक परिषदमा निवेदन दिनुपर्ने हुन्छ।

आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले अर्को प्रवेश परीक्षाको नतिजा प्रकाशन हुनु पूर्व प्रवेश परीक्षा उत्तीर्ण भएको तह तथा विषय अध्ययन गर्न जान अनुमतिपत्र पाउछन् तर आयोगले प्रवेश परीक्षा सञ्चालन नगरेका विषय अध्ययन गर्न जान चाहनेले सोही तहको मिल्दो जुल्दो विषयको प्रवेश परीक्षा उत्तीर्ण गरेको भए पुग्छ ,(उदाहरणका लागि स्नातक तहको एनस्थेसिया विषय अध्ययन गर्न +२ वा सो सरहमा बायो समूह लिएका विद्यार्थीका लागि आयोगले लिएको विपिएच, विएमएलटी जस्ता कुनै विषयको प्रवेश परीक्षा उत्तीर्ण गरेको ) ।

अनुमतिपत्र लिन चाहिने न्युनतम् योग्यता र आवश्यक कागजात आयोगको वेवसाइटमा रहेको अनुमतिपत्र (Eligibility Letter) मेनुमा दिइएकोले सो लिङ्कमा गई अनलाईन फाराम पेश गर्नुपर्नेछ ।

आयोगद्धारा सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा नदिएको वा परीक्षा दिएर योग्य नभएको वा रित पूर्वक प्रवेश परीक्षामा योग्य भएता पनि ऐनद्वारा तोकिएको नतिजाको मान्य अवधि सकिएको व्यक्तिले विदेशमा अध्ययन गर्न जान अध्ययन अनुमति पत्र (Eligibility letter) पाउन सक्दैनन्। तर आयोगले तोकेको सम्बन्धित मुलुकको राष्ट्रियस्तरको लिखित प्रवेश परिक्षामा न्युनतम ५० प्रतिशत वा ५०औं पर्शेन्टाइल बराबरको अंक प्राप्त  गरि उत्तिर्ण गरेकाको हकमा सोहि देशमा अध्ययन गर्न अनुमति प्रदान गर्न सक्नेछ।

वैदेशिक अध्ययन पुरा गरेपछि त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाणपत्र लिनु पर्ने भएकोले उक्त विश्व विद्यालयले तोके अनुसारको समकक्षी तहको अवधि बराबरको अध्ययन अवधि पुरा गर्नुपर्दछ। चिकित्सा शिक्षाको कुनै पनि तह र विषयमा नेपालको भन्दा कम अवधि पढार्इ हुने कार्यक्रम पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता नपाउने र सम्बन्धित व्यावसायिक परिषदमा दर्ता नहुने भएकोले अध्ययन अनुमति पत्र (Eligibility letter ) जारी हुदैन।

चिकित्सा शिक्षाका विषयमा वैदेशिक अध्ययन अनुमति पत्रका लागि स्नातक तहका लागि रु ३०००/- (तीनहजार)  र स्नातकोत्तर तह वा सो भन्दा माथिका फेलोसीप कार्यक्रमका लागि रु ५०००/- (पाँच हजार) शुल्क तोकिएको विधिबाट हिमालयन बैंकमा रहेको आयोगको खातामा बुझाउनु पर्दछ ।

यसरी शुल्क बुझाएको व्यक्तिको तोकिएको मापदण्ड नपुगी अनुमति पत्र प्रदान गर्न नसकिने भएमा रकम फिर्ता नहुने भएकोले आफू अनुमतिपत्र पाउन इलिजिबल छु छैन भन्ने एकिन गरेर मात्र रकम बुझाउनु पर्दछ।

विश्वविद्यालय/प्रतिष्ठान अन्तर्गत चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न संस्था स्थापना गर्न चाहनेले प्रत्येक वर्ष असार महिनामा आशयपत्रका लागि आयोगमा निवेदन पेश गर्नसक्ने व्यवस्था छ। परिषद अन्तर्गतका कार्यक्रम सञ्चालनका लागि परिषदको सिफारिसमा प्रत्येक वर्षको असार महिना भित्र  निवेदन पेश गर्न सकिने व्यवस्था रहेको छ ।  आशयपत्रका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावलि, २०७७ र आशयपत्र, सम्बन्धन तथा प्रत्यायनसम्बन्धी आन्तरिक कार्यविधि, २०७८ बमोजिमका प्रक्रिया पूरा गरी तोकिए बमिजमको ढाँचामा सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठान वा परिषदको सिफारिस सहित निवेदन दिनु पर्नेछ ।  

आशय पत्र प्राप्त गरेको शिक्षण संस्थाले सम्बन्धनको सिफारिसका लागि देहायका शर्तहरु पुरा गरेको हुनुपर्दछः

  • आशयपत्रमा उल्लिखित शर्तहरु पूरा गरेको,
  • अस्पताल आवस्यक पर्ने कार्यक्रमका लागि प्रचलित कानून बमोजिम स्विकृती लिई लगातार तीन वर्षसम्म तोकिएको बेड संख्याको आफ्नै अस्पताल पूर्ण रुपमा सञ्चालन गरेको।
  • आयोगले निर्धारण गरेको मापदण्ड र प्रचलित कानूनले तोकेका मापदण्ड पूरा गरेको।
  • विश्र्वविद्यालय/ परिषदबाट सम्बन्धन प्राप्त गर्न योग्य रहेको प्रमाण पेश गरेको।
  • अनुसुचिमा तोकिए बमोजिम भौतिक, प्राज्ञिक तथा शैक्षिक पूर्वाधार पूरा गरेको ।
  • स्वयम् मूल्यांकन प्रतिवेदन संलग्न गरेको।
  • प्रचलित कानूनले तोकेको सबै प्रक्रिया पूरा गरेको ।

कुनैपनि नयाँ शैक्षिक संस्थाले चिकत्सा शिक्षा अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न इच्छुक भएमा चिकित्सा शिक्षा ऐन २०७५ को दफा ११ बमोजिम आशयपत्र लिनु परेमा र चिकित्सा शिक्षाका कार्यक्रमहरु सञ्चालन भइरहेका शिक्षण संस्थाले थप कार्यक्रम सञ्चालन गर्नु परेमा आशयपत्र, सम्बन्धन तथा प्रत्यायनसम्बन्धी आन्तरिक कार्यविधि, २०७८ अनुसार प्रकिया पुरा गर्नु पर्दछ । कार्यविधि आयोगको वेवसाइटमा उपलब्ध छ ।

शिक्षण संस्थाको आवास (होस्टल) मा बस्न वाध्यकारि हुँदैन तर शिक्षण संस्थाले तोकेको कक्षामा समयमा उपस्थित हुनुका साथै आफ्नो अध्ययन सम्बन्धी जिम्मेवारी पूरा गर्नुपर्दछ।

चिकित्सा शिक्षा आयोगले  तोकेको शिक्षण शुल्क अधिकतम शुल्क भएकोले आयोगले तोकेभन्दा बढी शुल्क कुनै पनि शिक्षण संस्थाले लिन पाउँदैन । बढी शुल्क लिएमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय, सम्बन्धित विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा उजुरी दिन वा सो को जानकारी दिन सकिन्छ ।

शैक्षिक पात्रो

२८ जेष्ठ २०८१, सोमबार शैक्षिक पात्रो

Academic Calendar for Fiscal Year 2024/2025

१३ जेष्ठ २०८१, आइतबार शैक्षिक पात्रो कागजात

आ.व. २०८१/८२ को संशोधित बार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन सम्बन्धी सूचना ।

११ जेष्ठ २०८१, शुक्रबार शैक्षिक पात्रो कागजात

आ.व. २०८१/८२ को प्रमाणपत्र तहका कार्यक्रमको वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन सम्बन्धी सूचना ।

१० मंसिर २०८०, आइतबार शैक्षिक पात्रो कागजात

आ.व. २०८०/८१ को शैक्षिक क्यालेन्डर प्रकाशन सम्बन्धी सूचना

१० आश्विन २०७९, सोमबार शैक्षिक पात्रो कागजात

आ.व. २०७९/८० को शैक्षिक क्यालेन्डर प्रकाशन सम्बन्धी सूचना

सम्बद्ध संस्थाहरू

२४ जेष्ठ २०७९, मंगलबार मेडिकल कलेजहरू कागजात

Result of Open House Matching for various Programs for "FOREIGN" to Apear MECEE-BL Category and Process of Admission

शुल्क संरचना

१६ आषाढ़ २०८१, आइतबार शुल्क संरचना कागजात

हाल कामय रहेको शिक्षण शुल्क सम्वन्धमा

१४ पौष २०७९, बिहिबार शुल्क संरचना कागजात

शुल्क कायम तथा समायोजन सम्वन्धी सूचना

१ मंसिर २०७८, बुधबार शुल्क संरचना कागजात

शिक्षण शुल्कसम्बन्धी सुझाब/ परामर्श उपलब्ध गराउने सम्वन्धी सूचना

२८ कार्तिक २०७८, आइतबार शुल्क संरचना

शैक्षिक सत्र २०७७/०७८को शुल्क सम्बन्धमा

छात्रवृत्ति

१४ माघ २०८०, आइतबार छात्रवृत्ति कागजात

चिकित्सा शिक्षा स्नातक तहको MBBS र BDS शैक्षिक कार्यक्रमका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा विद्यार्थी छनौट गरी सिफारिस गरिएको सूचना

३१ श्रावण २०८०, बुधबार छात्रवृत्ति कागजात

इजिप्ट सरकारबाट प्राप्त छात्रवृत्तिको रिक्त सिटमा अध्ययनका लागि भौतिक म्याचिङको कार्यतालिका प्रकाशन गरिएको सूचना ।

२१ आषाढ़ २०८०, बिहिबार छात्रवृत्ति कागजात

स्‍नातक तहका लागि पाकिस्तान सरकारबाट प्राप्त छात्रवृत्ति अध्ययनका लागि छनौट गरी सिफारिस गरिएको सूचना