General Information

Prof. Dr. Sangha Ratna Bajracharya

Director

dir.exam@mec.gov.np

Examination is an integral part of education. If we strengthen the system of examination, it will exert enormous impact in the process and the product of any academic programs. The Directorate of examination is determined towards assuring quality and uniformity in medical education throughout the country by implementing robust system of examination.

In the present context, the major focus of the directorate is to conduct common postgraduate entrance examination at the earliest date, followed by that for undergraduate and super specialty (eg. DM/MCh) programs. The salient features of the entrance examination conducted by Medical Education Commission (MEC) would be:

  1. National common entrance examination to encompass all the academic institutions conducting medical/health professional courses so that students get rid of troubles due to several entrance examinations for the same academic programs and levels.
  2. Objective tests with technology-driven evaluation system with less human intervention.
  3. Merit based selection of the candidates among their choices through computer matching system.
  4. The merit is also applicable for pursuing National Board Specialty (NBS) degree to be conducted through MEC
  5. The pass score in the entrance examination is also a mandatory requirement for issuing eligibility certificate by MEC for pursuing the postgraduate courses abroad.

News And Notice

September 30, 2026 News Document

अनलाइन फारम सम्बन्धमा

September 30, 2026 Notice Document

अनलाइन फारम सम्बन्धमा

September 21, 2026 News Document

स्नातक तहको आवेदन रुजुसम्बन्धी सूचना

September 21, 2026 Notice Document

स्नातक तहको आवेदन रुजुसम्बन्धी सूचना

September 21, 2026 News Document

Notice for Foreign candidates (Subcategory II: Foreign NOT to appear in MECEE-BL 2027)

September 21, 2026 Notice Document

Notice for Foreign candidates (Subcategory II: Foreign NOT to appear in MECEE-BL 2027)

September 07, 2026 News Document

Notice for Entrance Examination Schedule of Bachelor Level Programs in Medical Education (МЕСEЕ-BL 2027)

September 07, 2026 Notice Document

Notice for Entrance Examination Schedule of Bachelor Level Programs in Medical Education (МЕСEЕ-BL 2027)

September 07, 2026 News Document

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) सञ्चालन हुने मिति र समय तोकिएको सूचना

September 07, 2026 Notice Document

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) सञ्चालन हुने मिति र समय तोकिएको सूचना

Staff

S.No Name Designation Phone Email Action
1 Prof. Dr. Sandhya Chapagain Acharya Director dir.exam@mec.gov.np View More
2 Prof. Dr. Sandhya Chapagain Acharya Director dir.exam@mec.gov.np View More
3 Prof. Dr. Sandhya Chapagain Executive Committe dir.exam@mec.gov.np View More

Frequently Asked Questions

कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको भनी प्रमाणित गराउन तोकिएको फाराममा आफ्नो विवरण भरी आफूले अध्ययन गरेको विद्यालयमा निवेदन दिनुपर्दछ। विद्यालयको प्र.अ.ले प्रमाणित गरिसकेपछि सम्वन्धित स्थानीय तहको शिक्षा शाखा प्रमुख बाट समेत प्रमाणित गराउनुपर्ने हुन्छ। यसका लागि कक्षा ६ देखि १० सम्मका लब्धाङ्कपत्र, प्रमाणपत्र आवश्यक पर्दछ। ती लब्धाङ्कपत्रहरु र सम्बन्धित विद्यालयको प्रधानाध्यापकले  प्रमाणित गरेको उक्त फाराम स्थानीय तहका शिक्षा प्रमुख समक्ष पेश गर्नु पर्दछ।  स्थानीय तहका शिक्षा प्रमुखले व्यहोरा ठिक भएमा आफ्नो नाम, पद खुलार्इ दस्तखत गरेर कार्यालयको छाप समेत लगाई प्रमाणित गरिदिनु पर्दछ।

यस कार्यका लागि तोकिएको फारामको ढाँचा आयोगको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ ।

आयोगले प्रकाशन गरेको वार्षिक शैक्षिक कार्यतालिका (एकेडेमिक क्यालेन्डर) का आधारमा परीक्षा सम्बन्धी गतिविधि सञ्चालन हुन्छ । वार्षिक शैक्षिक कार्यतालिका आयोगको वेवसाईट www.mec.gov.np प्राप्त गर्न सकिन्छ ।

पर्दैन । परीक्षा फाराम भर्ने लगायत आयोगका परीक्षा सम्बन्धी सबै गतिविधि अनलाईन पद्दतिबाट हुन्छ ।

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह तर्फ १४ वटा, स्नातकोत्तर तह तर्फ ५३ वटा, DM/MCh तर्फ १५ वटा विषय/ शैक्षिक कार्यक्रम रहेका छन् । National Board of Medical Specialties तर्फ  Specialty (स्नातकोत्तर सरह) र Sub specialty  (DM/MCh सरह का कार्यक्रम रहेका छन्।

      चिकित्सा शिक्षा अन्तर्गतका तह, विषय र कार्यक्रमको  विस्तृत विवरण राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को अनुसुची ८ मा उल्लेख गरिएको छ। (http://mec.gov.np/np/detail/national-medical-education-regulation-2077)

  • स्नातक तहको प्रवेश परीक्षामा सामेल हुनका लागि विज्ञान(Physics, Chemistry, Biology सहितको विषय लिई औसतमा ५० प्रतिशत प्राप्ताङ्क वा २.४ जीपीए सहित कक्षा १२ वा सो सरह उत्तीर्ण  भएको हुनुपर्दछ तर BNS (Bachelor in Nursing Science)  तर्फका लागि  Proficiency Certificate Level अथवा Diploma in Nursing मा कम्तिमा ५० प्रतिशत प्राप्ताङ्क सहित उत्तीर्ण गरी Nepal Nursing Council मा दर्ता भएको हुनुपर्दछ ।
  • स्नातक तहको प्रवेश परीक्षामा सामेल हुनका लागि आवश्यक थप योग्यताको विबरण सम्वन्धित शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको पाठ्यक्रम (syllabus) मा निर्धारण भए बमोजिमको योग्यता पुरा भएको हुनुपर्दछ ।
  • आयोगबाट प्रकाशित सूचनालाई राम्ररी पढ्नु र बुझ्नु पर्दछ।
  • आफ्नो न्यूनतम योग्यता पुग्ने कुरा एकिन गर्नुपर्दछ।
  • आफूले आवेदन गर्न चाहेको समूहमा अनलाइन माध्यम मार्फत दरखास्त फाराम पेश गर्नुपर्दछ।
  • परीक्षा तालिकासँग नबाझिने गरी एक वा एक भन्दा बढी शैक्षिक कार्यक्रममा छुटाछुट्टै बैंक भौचर अपलोड गरी आवेदन गर्नु पर्दछ ।
  • बैंक भौचर भर्ने अन्तिम म्याद दरखास्त पेश गर्ने अन्तिम मिति भन्दा २ दिन अगावै समाप्त हुने हुँदा सुचनालाई राम्ररी पढ्नु र बुझ्नु पर्दछ।
  • दरखास्त फाराम साथ अपलोड गर्नुपर्ने सम्पूर्ण कागजात रुजु गर्नु पर्दछ ।
  • नेपाली नागरिकता /राष्ट्रिय परिचयपत्र तथा विदेशी नागरिकको हकमा राहदानी,
  • न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिप्ट ।
  • विदेशी बोर्ड वा विश्वविद्यालयबाट उत्तीर्ण हुने नेपालीहरूको हकमा नेपाल सरकारले तोकेको निकाय वा विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र,
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरू प्रतिशत वा ग्रेड नखुलेको भए सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानले प्रतिशत वा ग्रेड खुलाएको प्रमाणपत्र
  • आरक्षण समूहमा आवेदन गर्ने उम्मेदवारको हकमा नियमावलीको नियम २१ बमोजिम प्रमाणित हुने कागजातहरू (http://mec.gov.np/np/detail/national-medical-education-regulation-2077)
  • अनुभव आवश्यक पर्नेको हकमा अनुभव सम्बन्धी प्रमाणपत्र,
  • नियमावलीको नियम १६ को व्यवस्था बमोजिम सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने सरकारी चिकित्सक वा सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीका हकमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट लिएको अध्ययन अनुमति पत्र,
  • Professional councilमा दर्ता हुनुपर्ने कार्यक्रम/विषयहरूका हकमा सम्बन्धित काउन्सिलमा नाम दर्ता भएको प्रमाणपत्र
  • कार्यकारी समितिले तोकेबमोजिमको परीक्षा शुल्क बुझाएको बैङ्क भौचर वा सोसँग सम्बन्धित डिजिटल प्रमाण,
  • हालसालै खिचिएको पासपोर्ट साइजको डिजिटल फोटो,
  • आवेदकको हस्ताक्षरको स्क्यान प्रति,
  • विदेशी उम्मेदवारको हकमा सम्बन्धित राष्ट्रको राष्ट्रियस्तरको एकीकृत प्रवेश परीक्षामा न्यूनतम ५० औं पर्सेन्टाइल प्राप्त गरेको अथवा उक्त प्रवेश परीक्षाको नतिजा प्रतिशतमा रहेछ भने न्यूनतम ५० प्रतिशत अङ्क प्राप्त गरेको प्रमाणपत्र,
  • आयोगबाट प्रकाशित सूचनामा उल्लेख भएका अन्य कागजातहरू

परीक्षा निर्देशनालयले अनलाइन माध्यमबाट प्राप्त दरखास्त फारामहरु रुजु गरी दरखास्त फाराम स्वीकृत वा अस्विकृत गर्न सक्ने छ र सो को जानकारी सम्वन्धित उम्मेदवारलाई आयोगले निजको प्रोफायल मार्फत गर्ने छ ।

 

  • आयोगले रोल नम्बर कायम तथा केन्द्र निर्धारणको काम सकिसकेपछि सम्वन्धित उम्मेदवारले आफ्नो प्रोफायल मार्फत प्रवेश परीक्षा हुनु भन्दा ५ दिन अघिबाट प्रवेश पत्र हेर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाएको छ ।
  • उम्मेदवारले रङ्गिन कलरको प्रवेशपत्र प्रिन्ट गरी परीक्षा हलमा लैजानुपर्दछ।
  • समयमै परीक्षा केन्द्रमा पुग्नुपर्दछ ।
  • प्रवेश पत्र, सक्कल नागरिकता/राष्ट्रिय परिचय-पत्र/विदेशी परीक्षार्थीको हकमा सक्कल राहदानी साथमा हुनुपर्दछ ।
  • प्रवेश पत्रमा लेखिएको निर्देशनको पूर्ण पालना गर्नुपर्दछ ।
  • रोल नम्बर र प्रश्नपत्रको सेटको शंख्या ( Key ) सही तरिकाले लेख्ने साथै सो बमोजिमको बबल ठीक तरिकाले अनिवार्य रुपमा भर्नुपर्दछ ।
  • आफूलाई सही लागेको उत्तरमा सही तरिकाले बबल भर्नुपर्दछ ।
  • परीक्षार्थीले रोलनम्बर र सेट लेख्दा सही लेखी बबल भर्दा गलत भरेमा त्यस्ता परीक्षार्थीहरूको नतिजा प्रकाशन हुने छैन ।
  • प्रवेश पत्रमा केरमेट गर्नुहुदैन । खेस्राका लागि कागज चाहिएमा प्रश्न पत्रकै खाली भाग प्रयोग गर्नुपर्छ ।
  • परीक्षा अवधि सकिएपछि प्रश्नपत्र र उत्तरपुस्तिका (OMR Sheet) दुवै बुझाएर मात्र बाहिरिनु पर्दछ ।
  • प्रवेश पत्र, सक्कल नागरिकता/ सक्कल राष्ट्रिय परिचय-पत्र/विदेशी परीक्षार्थीको हकमा सक्कल राहदानी बाहेकका कुनैपनि सामग्री परीक्षाहलमा लैजान पाइनेछैन ।
  • परीक्षार्थीहरुले मोबाइल, घडी, सबै प्रकारका गरगहना, मोबाइल लगायतका कुनै पनि समग्री परीक्षा हलमा लैजान पाइदैन ।
  • आफ्नो OMR Sheet मा सहि तरीकाले आफ्नो नाम, रोल्नं लेखी सोही बमोजिम ववल भर्ने।
  • परीक्षाको दिनको मिति तोकिएको ढाँचामा लेख्ने ।
  • परीक्षार्थीले दस्तखत गर्ने ठाँउमा दस्तखत गर्ने ।
  • प्रश्न पत्रको सेट A,B,C,D मध्ये कुन हो ? एकिन गरी Set लेख्ने स्थानमा लेख्ने र सोही बमोजिम बबल भर्ने ।
  • प्रत्येक प्रश्न पढी दिइएका विकल्पहरु मध्येको सही अक्षरको संकेत अक्षरमा ववल भर्ने ।
  • परीक्षा हलमा उपलव्ध गराइएको जेल पेन मात्र प्रयोग गर्ने ।
  • OMR Sheet लाई भाँच्ने, दोवर्‍याउने, फोल्ड गर्ने जस्ता कार्य नगर्ने ।
  • OMR Sheet र प्रवेश पत्रमा कुनै खेस्रा नगर्ने खेस्रो गर्नुपरेमा प्रश्नपत्रको खाली ठाँउको भागलाई प्रयोग गर्ने ।
  • सही तरिकाले भरेको OMR Sheet को नमूना यस प्रकार छ:-

 

 

  • परीक्षार्थी प्रवेश पत्रमा उल्लेखित परीक्षा केन्द्रमा परीक्षा शुरु हुनु भन्दा २ घण्टा अगावै पुग्नु पर्दछ।
  • परीक्षा हलमा परीक्षा शुरु हुनुभन्दा ३० मिनेट अगाडि प्रवेश गर्न पाइन्छ।
  • परीक्षा शुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थी परीक्षा हलमा प्रवेश गर्न पाउँदैन।
  • परीक्षा समय समाप्त भए पछि मात्र परीक्षा हलबाट बाहिर जान पाइन्छ ।

एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेमा तोकिएको शुल्क तिरी नतिजा प्रकाशनको  ३ दिन भित्र सूचनामा उल्लेख भए बमोजिम निवेदन दिन सकिने छ । 

प्रकाशित नतिजामा कुनै पनि आरक्षण समूह भित्र परेका उम्मेद्बारको विरुद्धमा कुनै दावी विरोध गर्न चाहेमा यथार्थ प्रमाणसहित तोकिएको समयावधि भित्र आयोगमा उजुरी दिन सकिनेछ । कुनै उम्मेदवारले आवेदनका समयमा पेश गरेको विवरण वा अपलोड गरेका शैक्षिक प्रमाणपत्र तथा कागजातहरु झुठो ठहर भएमा निजको नाम जुनसुकै बखत योग्यताक्रमको सूचीबाट हटाई त्यस्तो उम्मेदवारलाई कार्यविधिको दफा १० को उपदफा ४ बमोजिम चिकित्सा शिक्षा आयोगबाट दुई शैक्षिक सत्रसम्म सञ्चालन हुने कुनै पनि तहको प्रवेश परीक्षामा सहभागी हुनबाट बञ्चित गर्न सकिनेछ । साथै त्यस्तो नक्कली कागजात प्रमाणित भएमा विद्यार्थी हुँदा वा भविष्यमा पेशामा हुँदा समेत जुनसुकै समयमा कार्वाही हुन सक्दछ।  निजको सम्बन्धित परिषदको पेशागत अधिकार पत्र (लाइसेन्स) समेत खारेज हुन सक्दछ।प्रचलित कानुन बमोजिम थप कार्यवाहि समेत हुन सक्दछ।

  • नतिजाको विस्तृत विवरण आयोगको वेवसाइट https://mec.gov.np र वेव पोर्टल https://entrance.mec.gov.np बाट हेर्न सकिने छ ।
  • परीक्षार्थीले आफ्नो प्रोफायलमा लगइन गरेर समेत आफ्नो नतिजा हेर्न र स्कोर कार्ड  डाउन्लोड गर्न सकिन्छ।

      नतिजाको विस्तृत विवरण आयोगको वेवसाइट https://mec.gov.np  र वेव पोर्टल https://entrance.mec.gov.np बाट हेर्न सकिने छ ।परीक्षार्थीले आफ्नो प्रोफायलमा लगइन गरेर नतिजा हेर्न र स्कोरकार्ड डाउन्लोड गर्न सकिने व्यवस्था मिलाइएको हुनाले आफ्नो स्कोरवार्ड डाउन्लोड गरी प्रिन्ट निकाल्न सिकन्छ । यसरी स्कोर कार्ड प्रिन्ट गरी पछिसम्म आवश्यक हुनेहुँदा सुरक्षितसाथ राख्नुपर्दछ।

  • भर्नाका लागि योग्य हुन एकीकृत प्रवेश परीक्षाको नतिजामा सम्बन्धित परीक्षामा सम्मिलित उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कहरूको -याङ्क(Rank) को आधारमा न्यूनतम ५०औं पर्सेन्टाइल हुनुपर्नेछ ।
  • विदेशी विद्यार्थी भर्ना प्रयोजनका लागि तोकिएको सिटमा दोस्रो प्राथमिकताबाट आवेदन दिने उम्मेदवारका हकमा आयोगले सूचीकृत गरेको विदेशी राष्ट्रहरूको राष्ट्रियस्तरको चिकित्सा शिक्षासम्बन्धी सबैभन्दा पछिल्लो (latest) एकीकृत प्रवेश परीक्षाको ५० औं पर्सेन्टाइल अथवा उक्त प्रवेश परीक्षाको नतिजा प्रतिशतमा रहेछ भने न्यूनतम ५० प्रतिशत अङ्क नै कायम हुनेछ ।

 

  • भिन्नाभिन्नै राष्ट्रियस्तरका एकीकृत प्रवेश परीक्षाहरूका आधारमा योग्यता पुगी निर्धारित समयभित्रै आवेदन दिई स्वीकृत भएका उम्मेदवारहरूको एकीकृत योग्यताक्रम निर्धारण गर्दा निजहरूको प्राप्ताङ्कको प्रतिशत अनुसार गरिनेछ ।
  •  परीक्षार्थीले उत्तरपुस्तिका (OMR Sheet) मा रोल न.‌ र प्रश्नपत्रको सेटको बबल नभरेमा (उल्लेख नगरेमा) वा बबल गलत भरेका उम्मेद्ववारको उत्तरपुस्तिका रद्द हुन्छ ।
  • परिक्षा हल तथा केन्द्रमा होहल्ला गर्ने, नक्कल गर्ने गराउने जस्ता अमर्यादित र अनुचित कार्य गर्ने परिक्षार्थीलार्इ केन्द्राध्यक्षले तत्काल कारवाही तथा निष्काशन गर्नेछन् । यसरी कारवाही तथा निष्काशनमा परेका परिक्षार्थीको उत्तरपुस्तिका परिक्षण नगरी रद्द हुन्छ ।
  • परीक्षामा अनुचित कार्य गरेको ठहर भई आयोगले रद्द गर्ने निर्णय गरेको अवस्थामा पनि परीक्षा रद्द हुन्छ।

म्याचिङ्ग भन्नाले प्रवेश परीक्षाको नतिजाको योग्यताक्रम र उम्मेद्ववारले निर्धारण गरेको प्राथमिकताको आधारमा भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रममा विधार्थी छनौट गर्ने प्रक्रियालार्इ सम्झनुपर्दछ । देहायको प्रक्रिया बमोजिम प्रवेश परिक्षामा उत्तिर्ण परीक्षार्थीहरुको म्याचिङ्ग हुने गर्दछ :-

  • विद्यार्थी भर्ना छनौटको मूल आधार ऐनको दफा १६ बमोजिमको एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम हुनेछ । शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम छनोटका लागि चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धि कार्यविधिको दफा २४ बमोजिम विद्यार्थीले भरेको अनलाइन प्राथमिकतालाई समेत आधार लिइनेछ ।
  • उम्मेदवारले पेश गरेको आवेदन, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत, शिक्षण संस्था र शैक्षिक कार्यक्रमहरूको प्राथमिकता क्रमका आधारमा माथिल्लो योग्यताक्रममा रहेका उम्मेदवारलाई प्राथमिकता दिइ भर्नाका लागि म्याचिङ्ग गर्नुपर्नेछ ।
  • आरक्षण गरिएको सिटमा नेपालका सामुदायिक विद्यालयबाट कक्षा छ देखि माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसएलसी वा एसईई) उत्तीर्ण गरेका उम्मेदवारको म्याचिङ्ग भई सिट रिक्त भएमामात्र नेपालभित्रका अन्य विद्यालयबाट माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा उत्तीर्ण गरेका सोही समुदायका उम्मेदवारलाई योग्यताक्रमका आधारमा म्याचिङ्ग प्रक्रियामा समावेश गराउनुपर्नेछ ।
  • छात्रवृत्ति/सरकारी सिटमा म्याचिङ भई भर्ना नभएका विद्यार्थी सःशुल्क/खुलातर्फको म्याचिङ्गमा समावेश हुनसक्नेछन् । सशुल्क/खुलातर्फ म्याचिङ्ग भई भर्ना नभएका विद्यार्थीहरू उपदफा (४) बमोजिमको समापन म्याचिङ्गमा सहभागी हुन सक्नेछन् ।

 

प्रवेश परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुको म्याचिङ्गसम्बन्धी अन्य व्यबस्था चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विधार्थी भर्ना सम्बन्धी कार्यविधिको दफा २५ बमोजिम हुने गर्दछ ।

म्याचिङ्गका लागि प्राथमिकता निर्धारण (Priority Setting ) देहायबमोजिम गर्नुपर्दछ :-

(क) छात्रवृत्ति वा स:शुल्क अध्ययनका लागि प्राप्त भएका वा निर्धारण गरिएका सिटमा विद्यार्थी भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रमहरू छनौट गर्न योग्ताक्रममा रहेका उम्मेदवारहरूबाट अनलाइन प्रणाली मार्फत प्राथमिकताक्रम निर्धारण गर्नका लागि सूचना प्रकाशन गरिनेछ ।

ख)    माथि (क) बमोजिम आयोगले अनलाइन प्राथमिकता निर्धारणका लागि दरखास्त आह्वान गर्दा योग्यताक्रममा रहेका उम्मेदवारहरूको म्याचिङ्ग गर्दा एकीकृत वा कार्यक्रमगत अलग अलग प्राथमिकताक्रम निर्धारण गर्न पाउने गरी सूचना प्रकाशन तथा म्याचिङ्ग प्रणाली सञ्चालन गरिनेछ ।

ग)    अध्ययनका लागि म्याचिङ्गमा सहभागी हुन चाहने योग्यताक्रममा रहेको उम्मेदवारहरूले तोकिएको समयसिमाभित्र भरेको प्राथमिकताक्रमका आधारमा म्याचिङ्गका प्रक्रियाहरू अगाडी बढाइनेछ। । प्राथमिकता निर्धारण गर्न छुटेका उम्मेदवारहरू समापन म्याचिङ्ग (wrap-up matching) का लागि मात्र योग्य हुनेछन् ।

घ) आँफूले वास्तविक रुपमा पढ्न चाहेको विषय (शैक्षिक कार्यक्रम) र संस्थामा मात्रै प्राथमिकताक्रम निर्धारण गर्नुपर्दछ।

ङ) प्राथमिकताक्रम निर्धारण गर्नुअघि सम्बन्धित कलेज/क्याम्पस सरकारि वा निजी मध्ये के हो र उक्त सिट संख्या निशुल्क वा शशुल्क के हो एकिन गर्नुपर्दछ।

  • एकीकृत प्रवेश परीक्षाबाट कायम भएको योग्यताक्रम एक शैक्षिकसत्र सम्म कायम रहनेछ ।
  • विदेशी विधार्थी भर्ना प्रयोजनका लागि तोकिएको सिटमा दोस्रो प्राथमिकताबाट आवेदन दिने उम्मेद्ववारका हकमा आयोगले सूचिकृत गरेको सम्बन्धित राष्ट्रको राष्ट्रियस्तरको चिकित्सा शिक्षा सम्बन्धी सबैभन्दा पछिल्लो ( Latest) एकीकृत प्रवेश परीक्षा मात्र मान्य हुनेछ। 

कुनै शिक्षण संस्थामा भर्ना भईसकेको विद्यार्थीले आफ्नो भर्ना रद्द गर्न पाँउदैन।

विज्ञ सूची (रोष्टर) मा  भएका अनुभविविज्ञहरु मध्येबाट परीक्षा निर्देशनालयले र परीक्षा समितिले निर्धारण गरेको व्यक्तिहरुबाट गोप्यरुपमा तोकिएको प्रक्रिया बमोजिम काम सम्पन्न गरिन्छ ।

Academic Calender

June 25, 2026 Academic Calender Document

Academic Calendar for Fiscal Year 2026/27

March 12, 2025 Academic Calender

एकीकृत वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन सम्बन्धी सूचना

June 10, 2024 Academic Calender

Academic Calendar for Fiscal Year 2024/2025

May 26, 2024 Academic Calender Document

Notice regarding the publication of the revised annual academic calendar of Fiscal Year 2081/82

May 24, 2024 Academic Calender Document

आ.व. २०८१/८२ को प्रमाणपत्र तहका कार्यक्रमको वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन सम्बन्धी सूचना ।

November 26, 2023 Academic Calender Document

Notice Regarding Academic Calendar 2080/2081

September 26, 2022 Academic Calender Document

Notice Regarding Academic Calendar 2079/2080

Medical Colleges

June 07, 2022 Medical Colleges Document

Result of Open House Matching for various Programs for "FOREIGN" to Apear MECEE-BL Category and Process of Admission

Fee Structure

June 30, 2024 Fee Structure Document

हाल कामय रहेको शिक्षण शुल्क सम्वन्धमा

December 29, 2022 Fee Structure Document

शुल्क कायम तथा समायोजन सम्वन्धी सूचना

November 17, 2021 Fee Structure Document

Information on providing suggestions/advice regarding tuition fees

November 14, 2021 Fee Structure

Fee structure

Scholarship

January 28, 2024 Scholarship Document

चिकित्सा शिक्षा स्नातक तहको MBBS र BDS शैक्षिक कार्यक्रमका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा विद्यार्थी छनौट गरी सिफारिस गरिएको सूचना

August 16, 2023 Scholarship Document

इजिप्ट सरकारबाट प्राप्त छात्रवृत्तिको रिक्त सिटमा अध्ययनका लागि भौतिक म्याचिङको कार्यतालिका प्रकाशन गरिएको सूचना ।

July 06, 2023 Scholarship Document

स्‍नातक तहका लागि पाकिस्तान सरकारबाट प्राप्त छात्रवृत्ति अध्ययनका लागि छनौट गरी सिफारिस गरिएको सूचना

NBMS
Result
Research Degree (DM/MCh)
Mater's Degree (PG)
Bachelor's Degree (UG)