पृष्ठभूमि

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ले व्यवस्था गरे बमोजिम,

  • चिकित्सा शिक्षाको क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै,
  • चिकित्सा शिक्षालाई नेपालको राष्ट्रिय आवश्यकता अनुरुप विकास गरी,
  • चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त बनाउन,
  • चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाको स्थापना र सन्चालन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न तथा
  • चिकित्सा शिक्षामा गुणस्तर, पेशाधर्मिता, संस्थागत जवाफदेही, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गरी,
  • विपन्न लगायत सबै विध्यार्थीहरुको समान पहुँच सुनिश्चित गर्नकालागि,
  • चिकित्सा शिक्षा सुधार गर्ने सम्बन्धमा विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदनको मर्म र भावना समेतलाई दृस्टीगत गरी,

चिकित्सा शिक्षा आयोगको स्थापना र संचालन भएको हो।

ऐनले चिकित्सा शिक्षालाई यसरी परिभाषित गरेको छ - "चिकित्सा शिक्षा" भन्नाले स्वास्थ्य पेशा सम्बन्धी सबै विधा र तहका शिक्षा (हेल्थ प्रोफेसनल एजुकेसन) सम्झनु पर्छ।