गठन

राष्ट्रिय चिकित्सा शिक्षा ऐन , २०७५ को दफा ५ बमोजिम चिकित्सा शिक्षा आयोगको गठन देहायअनुसार छ ।

 

क्र.न.
नाम
पद
(क) प्रधानमन्त्री       अध्यक्ष
(ख)   शिक्षासम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्री सह–अध्यक्ष
(ग) स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्री           सह–अध्यक्ष
(घ) चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चिकित्सकहरूमध्येबाट नेपाल   सरकारले  नियुक्त गरेको एक जना                        उपाध्यक्ष
(ङ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा तथा स्वास्थ्य हेर्ने) सदस्य
(च) चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय प्रतिष्ठानका  उपकुलपतिहरूमध्येबाट  तीन जना  सदस्य
(छ) शिक्षासम्बन्धी विषय हेर्ने  नेपाल सरकारको सचिव सदस्य
(ज) स्वास्थ्यसम्बन्धी विषय हेर्ने  नेपाल सरकारको सचिव सदस्य
(झ) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग  सदस्य
(ञ) उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सदस्य
(ट) अध्यक्ष, आयुर्वेद चिकित्सा परिषद्           सदस्य
(ठ) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सदस्य
(ड) अध्यक्ष, नेपाल नर्सिङ परिषद् सदस्य 
(ढ) अध्यक्ष, नेपाल स्वास्थ्य व्यावसायी परिषद् सदस्य
(ण) अध्यक्ष,नेपाल फार्मेसी काउन्सिल सदस्य
(त) स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेशसगत सगठनका अध्यक्षहरूमध्येबाट कम्तीमा एक जना महिलासिहत दुई जना सदस्य
(थ) मेडिकल र डेन्टल बाहेकका निजी शिक्षण संस्था सञ्चालकहरूको राष्ट्रियस्तरको आधिकारिक सङ्‌गठनका अध्यक्ष सदस्य
(द) नागरिक समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट कम्तीमा एक महिलासहित  दुई जना  सदस्य
(ध) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल सदस्य
(न) चिकित्सा शिक्षा विज्ञहरूमध्येबाट समावेशी   सिद्धान्तको आधारमा कम्तीमा दुई जना महिलासहित तीन जना सदस्य
(प) अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन सदस्य
(फ) निजी मेडिकल र डेन्टल कलेज सञ्चालकहरूको राष्ट्रियस्तरको  आधिकारिक सङ्‌गठनको अध्यक्ष सदस्य
(ब)  आयोगको वरिष्ठ कर्मचारी  सदस्य सचिव

 

  • आयोगमा मनोनित हुने सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने व्यवस्था छ । निजहरुको पदावधि चार वर्षको हुने र अर्को एक कार्यकालका लागि पुन: मनोनयन हुन सक्ने प्रावधान छ ।